रुपामा बसले ठक्कर दिँदा दाजुको मृत्यु, भाई गम्भीर

पाेखरा | साउन १, २०८०

रुपामा बसले ठक्कर दिँदा दाजुको मृत्यु, भाई गम्भीर

पोखरा:   पोखराबाट लमजुङका लागि छुटेको बसले कास्कीको रुपा गाउँपालिका पोल्याङमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । 


पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिका ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । 


लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । 


यस्तै मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भिर घाईते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाईते भएका जितेन्द्र भाई हुन् । 


दुर्घटना पछि प्रहरीले बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्